एनआरएनए दक्षिण कोरियामा विपिन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) दक्षिण कोरियाको नयाँ नेतृत्व चयन भएको छ। सोमबार सम्पन्न एनआरएनए दक्षिण कोरियाको बैठकले विपिन गुरुङको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष गुरुङ २०१७–२०१९ कार्यकालका बरिष्ठ उपाध्यक्षसमेत रहेका थिए।

यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश बजागाई,जित कुँवर, महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम,युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट र सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल निर्विरोध निर्वाचित भएका छन्। यस्तै बाँकी रहेका रिक्त पदहरुमा कार्यसमिति बैठकले मनोनयन गर्नेछ।

नयाँ नेतृत्व चयन कार्यक्रममा एनआरएनए अध्यक्ष बिनोद कुँवरको प्रमुख आतिथ्यता र सचिव जुनु गुरुङको आतिथ्यता रहेको थियो। नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए केन्द्रिय अध्यक्ष कुँवरले सफल कार्यकाको शुभकामना दिएका छन्।