एसियाली खेलकुदको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं। १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ।

नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो। भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ। यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो।