काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन मिति नजिकिँदै गर्दा उमेदवारहरुको चुनावी अभियान पनि तिब्र बन्दै गैरहेको छ। निर्वाचन मिति नजिएसँगै अध्यक्षका प्रत्यासी आरके शर्माले पनि आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्। शर्मा विदेशमा गरिने प्रचारप्रसारलाई अन्तिम रुप दिने क्रममा शर्मा यतिबेला युरोप भ्रमणमा निस्किएका छन्।
कर्मभुमि कतारबाट बिहीबार उम्मेदवारी घोषणा गरेपछि साउदी अरब हुँदै बहराइन पुगेका शर्मा त्यहाँबाट फेरि युरोप प्रचारमा पुगेका हुन्। शर्माले युरोपका देशहरुमा अक्टोबर पहिलो सातासम्म निर्णायक चुनावी प्रचार प्रसार गर्ने शर्माको तयारी छ।
शर्माको सचिवालयका अनुसार युरोप भ्रमणअघि शर्माले साउदी र बहराइनको विभिन्न कार्यक्रममा भाग लिँदै त्यहाँका गैरआवासीय नेपाली,राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउन सल्लाह र सुझाव लिएका छन्।
बहराइनबाट शर्माको युरोपको चेक रिपब्लिक पुग्ने तालिका रहेको छ। चेकमा हुँदा शर्माले त्यहाँ बस्ने गैरआवासीय नेपाली तथा अभियन्तासँग छलफल गर्ने छन्। यस्तै बेल्जियम, युकेलगायतका देशमा थुप्रै देशमा उनी पुग्ने कार्यक्रम तय गरिएको छ। गरेर काठमाडौँ आउने बताइएको छ।
मध्यपूर्वबाट पहिलो पटक नेतृत्व आफ्नो पक्षमा पार्न शर्माले दौडधुप बढाएसँगै मध्यपुर्वका गैर आवासिय नेपालीहरु पनि पहिलोपटक अवसर आएको भन्दै यस अबसर सदुपयोग गर्न विश्वभरका एनआरएनहरुलाई शर्माको पक्षमा केन्द्रित छन्।