चितवन युवा समूह कतारको नयाँ कार्यसमिती निर्वाचित,अध्यक्षमा सुमन भारती

काठमाडौं। चितवन युवा समूह दोहा कतारले १७ औ अधिवेशनबाट नयाँ कार्यसमिती चयन गरिएको छ। समुहका अध्यक्ष श्याम कुमार पाण्डेको सभापतित्व तथा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितीका केन्द्रीय अध्यक्ष समीर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहबाट नयाँ कार्यसमिती चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितीको अध्यक्षमा डेग बहादुर भारती (सुमन) निर्वाचित भएका छन्। यस्तै कार्यसमितीको प्रथम उपाध्यक्षमा गणेश थापा,दित्तिय उपाध्यक्षमा शिव श्रेष्ठ,महिला उपाध्यक्षमा सदिक्षा थपलिया,महासचिवमा कृष्ण सुनार,सचीवमा अंकित श्रेष्ठ,कोषाध्यक्षमा सन्तोष घिमिरे सह–कोषाध्यक्षमा दिनेश कँडेल र युवा संयोजकमा बिवश डल्लाकोटी चयन भएका छन्।

त्यस्तै कार्यसमिती सदस्यहरुमा अमृतकुमार,राजु पौडेल, प्रकाश थापा,धन बहादुर सुनार, वीरबहादुर गुरुङ र नवीन गुरुङ निर्बिरोध रुपमा निर्वाचित भएका छन। नवनिर्वाचित पदाधिकारीहरुले सँस्थापक कोषाध्यक्ष ईस्वर राज पौडेलसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।