एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै कोषाध्यक्षमा ठाकुर ढुंगानाको उम्मेदवारी

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्र कुमार(आरके)शर्माका एजेण्डालाई समर्थन गर्दै कोषाध्यक्ष पदमा यूएईबाट ठाकुर ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्षमा शर्माको औपचारीक उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी ढुंगानाले शर्माकै एजेण्डालाई समर्थन गर्दै कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

बर्तमान उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार शर्माको २४ महिना २४ बाचामा समेटिएका प्रतिवद्धतामा आफ्ना एजेण्डा समेटिएको हुँदा शर्मालाई नै सहयोग गर्ने गरी कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको ढुंगानाले बताए।

उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने–‘अध्यक्षका उम्मेदवारले प्रस्तुत गर्नु भएका एजेण्डालाई अक्षरस कार्यान्वयन गर्न र संघको कोषलाई पारदर्शी बनाउन आफ्नो उम्मेदवारी रहने छ।’

धादिङमा जन्मिएर विभिन्न अवसरको सिलसिलामा यूएई पुगेका ढुंगाना सन् २०११ देखी एनआरएनए अभियान सक्रिय हुँदै हालसम्म विभिन्न पदमा रहेर कुशल नेतृत्व प्रदान गर्दै आएका छन्। पर्यटन व्यवसायमा आवद्ध ढुंगाना यूएईलाई लामो समय देखी कर्म थलो बनाइरहेका छन।

एनआरएनए अभियानसँगै परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा साथ दिदै आइरहेका छन्।उनले मध्यपुर्व मात्रै नभएर युरोप, अस्ट्रेलिया, अमेरिका डायस्पोराका आवश्यकता,गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन्।