काठमाडौं। अभिनेता अनमोल केसी पक्राउ परेका छन्। चलचित्रको पैसा लिएर पनि काम नगरेको आरोपमा उनि पक्राउ परेका हुन्।उपत्यका अपराध अनुसन्धान कार्यालयमा केसीविरुद्ध उजुरी परेपछी काभ्रेबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फिल्म‘रावायण’अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी दिएको थियो। उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताएको छ।
निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जमनबारी दिए।
यसअघि पनि २०७६ फागुनमा महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध ठगी गरेको उजुरी परेको थियो। फिल्मस् नेपाल,जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’ खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका थिए।अनमोलका पिता भुवनले निर्मातासँगको छलफलमा केस मिलाएका थिए।