काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ।गएराती सम्पन्न निर्वाचनपछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनु भएको हो।
ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाउनु भएको थियो।उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी हुनुभएको हो। यसैगरी सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ।
खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनु भएको छ। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो। मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो।