काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएका उपमहासचिव गणेश केसीले उपाध्यक्षमा पदमा उमेदवारी दिँदैछन्। चितवनको भरतपुरमा जन्मिएर सन् १९९५ मा विभिन्न अवसरको खोजी गर्दै अस्ट्रेलिया पुगेका केसि एनआरएनए अभियानको स्थापना कालदेखी नै सक्रिय व्यक्ति हुन्।
गैर आवासीय नेपालीका विचमा चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवी बनाएका केसि एनआरएनए अभियानका हरेक क्रियाकलापमा देखाउने सक्रियता र इमान्दारिताले सबल,सक्षम अनि अब्बल व्यक्तिको पहिचान बनाएका छन् ।
एनआरएनएको यो २ दशकको लामो अभियानका क्रममा विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावना र समस्यालाई नजिकबाट नियालेका केसीले आगामी कार्यकाल उपाध्यक्ष जस्तो जिम्मेवार पदमा रहेर हरेक समस्या समाधान नै पहिलो प्राथमिकता राखेको बताएका छन्। टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको कुराकानीमा उनले गैर आवासीय नेपालीका समस्या समाधान सँगै नेपालबाटै युवा जनशक्ति बाहिरिनबाट रोक्ने गरि काम योजना पनि सुनाएका छन् ।
उनले उपाध्यक्ष पदमा उमेदवारी दिँदै गर्दा उनले गैर आवासिय नेपाली संघभित्रको आन्तरिक खटपट समाधान गर्ने र नेपालबाट दैनिक रुपमा विदेशिने सँख्या बढ्दो रहेको र विदेशमा पुगेर समस्यामा पर्ने गरेकोले यी समस्या समाधानका लागी सातै प्रदेशमा भोकेसनल ट्रेनिङ सेन्टर स्थापना गर्ने
घोषणाा गरेका छन् । सन् १९९५ देखि अस्ट्रेलिया प्रवेश गरेका केसीले २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरे। त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्यबाट अभियान तिब्र सक्रिय पारे। त्यसपछि एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, एनसिसि अष्टे«लीयाको उपाध्यक्ष, अध्यक्ष हुँदै आइसिसी सदस्यबाट हाल एनआरएनए आईसीसीका उपमहासचिव हुदै एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख बनेर कुशल नेतृत्व निर्वाह गरेका छन् ।
आफ्ना कार्यकालमा विभिन्न अभियानका लागी करिब ३० करोडका छुट्टाटुट्टै कोष खडा गर्ने व्यक्ति हुन् केसी, आफ्नो काममा प्रतिबद्ध भएर एकपछि अर्को नयाँनयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल छन् ।
केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्ने नमुना काम गरे।त्यस्तै सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि केसि नै सफल बने।
यस्तै केसिले एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियानका संयोजक बनेर २ करोड रुपैयाँ संकलन गर्न सफल भए। मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल रहे। त्यति मात्र नभै केसि एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन्।
कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी निकै सक्रिय व्यक्ति हुन्।
हालसम्मका यी सक्रियता र भुमिका तथा योगदान नै केसिको उपाध्यक्ष पदमा उमेदवारीको आधार हुन् ।