प्रधानमन्त्रीको चिन भ्रमणः आज कैलाश पर्वत र मानसरोवर जाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने कार्यतालिका रहेको छ । प्रधानमन्त्री बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुने छ ।

नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तय भएको छ।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुग्नुभएको थियो।

उहाँ यहाँ विभिन्न द्विपक्षीय भेटघाटका साथै र निरीक्षण अवलोकनमा व्यस्त रहनुभयो ।गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।