एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीको उम्मेदवारी

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी दिने भएका छन्। माल्टामा रहेर ब्याबसाय गर्दै युवा केन्द्रित अभियान सञ्चालन गर्दै आएका भण्डारी आफ्नो पहिचान अनुरूप नै उम्मेदवारी दिने योजनामा अघि बढेका बताएका छन् ।

नेपाल माल्टा च्यारिटी एसोसिएसनको अध्यक्ष समेत रहेका भण्डारी प्रवासका युवाका पीडा, लक्ष्य अनि उनीहरूले हात पारेका सफलता र असफलताको बारेमा नजिकबाट परिचित छन्। तिनै समस्या समाधानलाई प्राथमिकता राखेर अगाडी बढेको उनले बताउँछन्।

‘प्रवासका नेपाली युवाहरूको पिडा र दुःखलाई मह्लम लगाएर उनीहरूको सफल जीवन अनि यात्राका लागि केही गर्नु नै मेरो लक्ष्य हो’, भण्डारीले भने । प्रवासमा नेपालीहरूलाई जुटाउने र उनीहरूको हक हितका लागि आवाज उठाउने कार्यमा प्रकाश सधैँ अगाडि रहँदै आएका छन्।

उनले माल्टामा गैर आवासीय नेपाली संघको स्थापना गर्न जून महत्त्वपूर्ण भूमिका खेले, त्यो निकै सह्रानीय रह्यो। प्रकाश एनआरएनए माल्टामा उपाध्यक्षसमेत भइसकेका छन्। प्रकाशले माल्टा सरकार समक्ष नेपाल र नेपालीलाई चिनाउने जून कार्य गर्दै आएका छन्।

उनी विगत ९ वर्षदेखि माल्टालाई कर्मथलो बनाएका भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्षसमेत भएर केन्द्रीय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन्