एनआरएनए युवा उपसंयोजकमा डा. बिसुन्केको उम्मेदवारी घोषणा

काठमाडौं। आगामी अक्टोबरमा हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका लागी विभिन्न पदका आकांक्षीहरुले उमेदवारी घोषणा गर्ने क्रम बढीरहेको छ। यसैबिचमा एनआरएनए आइसीसी युवा उपसंयोजक पदका लागि डा.शंकर बिसुन्केले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

बिसुन्केले ‘युवा सशक्तिकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल नाराका साथ आगामी कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पु¥याउने र समाधानको खोजी गर्ने प्रतिवद्धतासहित चुनावी मैदानमा ओलिएको भन्दै उनले मेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्यसहितको प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।
उनको छ ।