काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएका सचिव पदमा लोक प्रसाद दाहालले उम्मेद्वारी घोषणा गरेका छन्। धादिङमा जन्मिएर विभिन्न अबसरहरुको खोजि गर्दै बेल्जियम पुगेका दाहाल बेल्जियममै व्यवसाय सञ्चालनसँगै एनआरएनए अभियानमा सक्रिय व्यक्ति हुन्। उनि एनआरएनए अभियानमा सक्रिय अभियान्ता मात्रै नभएर एक समाजसेवी व्यत्तिसमेत हुन्।
संघको बर्तमान कोषाध्यक्ष समेत रहेका दाहालले गैर आवासिय नेपालीहरुका हरेक समस्यालाई नजिकबाट नियालिहेका छन् भने अहिलेसम्म विभिन्न पदहरुमा रहेर काम गर्दै आउने क्रममा हासिल गरेका अनुभव आसन्न ११ औं महाधिवेशनबाट सचिव पदमा रही सदुपयोग गर्ने योजना बनाएका हुन्।
एनआरएनए वृतमा ईमान्दार,अनुशासन तथा सबैसँग मिलेर काम गर्ने सक्ने क्षमता भएका व्यक्तिको पहिचान वनाएका दाहाल एनआरएनए भित्र विवादरहित व्यक्ति अन्तर्गत पनि पर्दछन्। लामो समयदेखी बेल्जियमलाई कर्म थलो बनाएका दाहालले अहिलेसम्म एनआरएनए बेल्जियमको महासचिब,अध्यक्ष,आइसिसीको सह–कोषाध्यक्ष हुँदै हाल कोषाध्यक्षको कुशल नेतृत्व प्रदान गरिसकेका छन्।
कोषाध्यक्ष पदमा रहदा दाहालले केन्द्रिय कार्यालयको मितब्ययी सन्चालन, सभासम्मेलन र अधिबेशनमा हुने अनाबस्यक खर्च कटौती र नियन्त्रण, संस्थाको बेरोजु फस्र्यौटमा अति कठोर बनेर सस्थाको कोषको बृद्धि, जस्ता कार्य गरेर एनआरएनएमा नयाँ रेकर्ड कायम गरेका छन्।
यतिबेला पनि संस्थाभित्र पारदर्शितालाई मुलमन्त्र बनाउने दाहालले सचिबको रुपमा खुल्ला बहस र छलफल चलाऊने, एनसीसीका गतिबिधिलाई अन्तरराष्ट्रियकरण गर्ने र आइसिसीका गतिबिधिमा प्रत्येक पन्जिक्रित सदस्य र शुभचिन्तकहरुको पहुच बनाउने उदेश्यका साथ सचिव पदमा उम्मेद्वारी दिएको बताउछन्।
एनआरएनए अभियानसँगै व्यवसायको साथमा परोपकारी कामलाई पनि निरन्तरता दिइरहेका दाहालले नेपालमा विभिन्न सामाजिक कामहरुसँगै नेपालमा विपत्ती आउदा होस वा विदेशमा रहेका नेपालीहलाई अप्ठ्यारो परेको बेला नै किन नहोस् छुट्टै फरक सहयोगि भुमिका देखिने गर्छन् ।
यससँगै दाहालले व्यक्तिगत तथा संस्थागत रुपमै सामाजिक कामअन्तर्गत नेपाल लगायत दक्षिण एसियाली देश र अफ्रिकाका देशहरुमा पनि आफ्नो परोपकारी काम फैलाएका छन्। नेपालमा विद्यालय निर्माण,खानेपानी,पुस्तकालय,स्वास्थ्य चौकी,स्वास्थ्य शिविर,धार्मिक तथा ऐतिहासिक संरचनाको पुनःनिर्माण तथा दिनदुखीहरुलाई आर्थिक सहयोग उनका प्राथमिकतामा पर्ने गर्दछन् ।