एनआरएनए अमेरिका’ज क्षेत्रीय संयोजकमा सञ्जीव श्रेष्ठको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को अमेरिका’ज क्षेत्रीय संयोजक पदमा सञ्जीवकुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । बर्तमान आईसीसी सदस्यसमेत रहेका श्रेष्ठले आसन्न निर्वाचनबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागी अमेरिका’ज क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी घोषणा गर्दै संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आँफुले उमेदवारी दिएको बताएका छन्।

उनले फेसबुकमा उल्लेख गरेका छन्,‘म गैरआवासीय नेपाली संघको अभियानमा लामो समयदेखि निरन्तर लागि रहेको जानकारी गराउँछु। गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा मैले अमेरिका’ज क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको सहर्ष जानकारी गराउँछु। संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन यहाँहरूको साथ, सहयोग, समर्थन, सद्भाव र सुझावको पूर्ण अपेक्षा राखेको छु।’

अमूल्य मत दिइ निर्वाचित गराउन अमेरिकी क्षेत्रका प्रतिनिधिसँग श्रेष्ठले अनुरोध गरेका छन्।