काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)मध्यपूर्व संयोजक पदका उमेदवार रमेश श्रेष्ठले खाडि देशमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधान नै आफुनो प्राथमिकता रहने बताएका छन्।
मध्यपूर्वका देशहरुमा कार्यरत लाखौं श्रमिकहरुले दैनिक रुपमा समस्या भोग्न बाध्य भएको भन्दै तिनै समस्यामा परेका नेपाली श्रमिकको अविभाबक बन्न आँफुले उमेदवारी दिएको बताएका छन्।
टिभि सण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तवार्तामा श्रेष्ठले त्यसका लागी अहोरात्र खट्ने प्रण गरेका हुन्। गैर आवासिय नेपाली संघ एनआरएनए युएईका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले मध्यपूर्वमा समान कामको असमान ज्याला दिने प्रणाली सुधार गर्न सरोकारवाला पक्ष र राज्यको ध्यानाकर्षण गराउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्।
अप्ठ्यारोमा परेका नेपालीहरुको राहत र उद्दारका लागि सम्बन्धित निकायसँगको समन्वयमा पहलकमी चाल्ने तथा स्वदेश फर्किएकाहरुको पुनःस्थापनाका लागि नेपाल सरकार र वैदेशिक रोजगार विभाग संग समन्वय गरी प्याकेजका कार्यक्रम ल्याउने उनले प्रतिबद्धता ब्यक्त गरे।
यस्तै सबै नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्द गराउन विशेष कार्यक्रम सञ्चालन गर्ने, विशेषगरी‘ब्लु क्याटोगेरी’का श्रमिकलाई सामाजिक सुरक्षा कोषको फाईदा र आवश्यकताका बारेमा जानकारी गराई अनिवार्य आवद्द हुने वातावरण बनाउन पहल गर्ने उनले बताएका छन्।
उनले संस्कृति र पर्यटन प्रवर्द्धनका लागिसमेत मध्यपूर्वका विभिन्न देशमा कार्यक्रम आयोजना गरि प्रचार प्रसार गर्ने बताएका छन्। श्रेष्ठले पत्रकार पौडेलसँग गरेका पुरा अन्तवार्ता टिभिसण्डेका आधिकारिक यूटुव च्यानल, फेसबुक पेज, अनलाईन लगाएतका सम्पुर्ण सामाजिक सञ्जालहरुमा पढ्न, हेर्न र सुन्न मिल्ने गरि उपलब्ध छन् ।