काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका लागी राजेन्द्र कुमार(आरके)शर्माले आज(बुधबार) उमेदवारी घोषणा गर्ने भएका छन्। शर्माको कर्मभुमिसमेत रहेको कतारको दोहामा एक बृहत समारोहकाबीच अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गर्न लागेका हुन्।
विश्वभरका गैरआवासीय अभियन्तासँग छलफलको आधारमा शर्माले कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा आज औपचारिक उम्मेदवारी घोषणा सभा गर्न लागेका हुन्। अध्यक्षका प्रत्यासी शर्माले घोषणा सभामा आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेका छन्।
उक्त कार्यक्रमका लागी विश्वका दर्जनौ देशबाट एनआरएनए अभियन्ताहरु प्रत्यक्ष सहभागिता पनि भएका छन्। “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी,प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गर्न लागेका हुन्।
कार्यक्रममा विभिन्न देशका एनआरएनए अभियन्ता,एनसिसीका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित भएका छन। उक्त कार्यक्रममा मध्यपुर्वमा रहेका सबै एनसिसि,अन्य संघ सँस्था र कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहनेछ भने कार्यक्रमको सञ्चालन नेपालका चर्चित कलाकार सन्दिप क्षेत्रीले गर्ने तयारीमा छन् ।