को हुन् अब्दुल वासीद ? किन गर्दैछन् एनआरएनएमा एक करोडको कोष स्थापना ?

काठमाडौं।आगामी अक्टोबरमा गैर आवासिय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयन हुँदैछ। ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमार्फत चयन हुने नयाँ नेतृन्वका लागी विभिन्न पदका आकांक्षी गैर आवासिय नेपालीहरुले आ आफुलाई इच्छा लागेको पदमा उमेदवारी घोषणा गर्दै चुनावी अभियानलाई तिब्र पारिरहेका छन्। यसपटकको निर्वाचनका लागी युवाहरुको पनि आकर्षण निकै ठुलो छ।यहि बिचमा एनआरएनएको आगामी कार्यकालको युवा उपाध्यक्ष पदका लागी गैर आवासिय नेपालीहरुको बिचमा चिरपरिचित नाम अब्दुल वासीदले पनि उमेदवारी दिएका छन्।

एनआरएनए अभियानमा आँफुले सिकेको अनुभवबाट संघमार्फत केहि योगदान गर्नुपर्छ, जसले आम नेपालीहरुलाई फाईदा पुगोस्।

भन्ने उदेश्य वासिदको रहेको बुझिन्छ। खास गरेर जनकपुरमा जन्मिएर सानै उमेरमा रोजगारिका लागी कतार पसेका वासिद छोटो समयमै गैर आवासिय नेपालीहरुका बिचमा परिचित हुन पुगे, कारण थियो, कतारमा रहेर सुरुवाती चरणबाटै एनआरएनए अभियानमा सक्रियतासगै व्यवसाय सफलता। कम बोल्ने काम धेरै गर्ने स्वभावका अब्दुल एनआरएनए अभियानमा पनि युवाहरु र विदेशमा रहेका लाखौं श्रमिक नेपालीहरुका समस्या पहिलो मुद्दा बनाउने व्यक्तिमा पर्छन्।

कतारमा रहेर विगत १८ वर्षदेखी उनले व्यवसाय सँगै एनआरएनए अभियानमा सक्रिय रुपमा एनआरएनएका विभिन्न तह र पदहरुमा रहेर विभिन्न अनुकरणिय र उदाहरणीय कार्य गर्दै आएका छन्। अहिले सम्म उनले एनआरएनएका एनसिसि कतारको सदस्य हुँदै, आइसिसि सदस्य, सामाजिक उद्यमशिलता विकास समिति सदस्य हुँदै सहसंयोजक, आईसिसि युवा संयोजक पदमा रहेर सफल कार्यकाल निर्वाह गरेका छन् । भने यता नेपाली व्यवसायी संघ कतारको सहकोषध्क्ष पदमा रहेर पनि काम गरिरहेका छन् ।

एनआरएनएका वर्तमान युवा संयोजक समेत रहेका वासिद बाध्यतावस विदेशियका तथा गैर आवासिय नेपाली युवाहरुका लागी विभिन्न कार्यक्रम हरु समेत सम्पन्न गरे । खास गरि नेपाल तथा विदेशमा रहेका हजारौ युवाहरुका लागी रोजगारमुलक विभिन्न योजना, कार्यक्रमहरु ल्याए। उनि भन्छन्,

देश तथा विदेशमा रहेका धेरै नेपाली युवाहरु आफ्नो दक्षता कहाँ प्रस्तुत गरौ भनेर कुरीरहेका छन् त्यसका लागी हामिहरुले स्थान दिनुपर्छ । ताकी हाम्रा पुस्ता हामीहरु जस्तो अरुको काम गर्न विदेश पस्न नपरेस्, स्वदेशमै स्वरोजगार बनुन् ।

यस्तै सोच विचार र योजना लिएर उनि यतिबेला युवा उपाध्यक्ष पदमा उमेदवारी दिएका छन्। उमेदवारी सँगसँगै उनले यतिबेला अर्को ठुलो योजना जबकी अहिलेसम्मका कुनै एनआरएनहरुले सार्बजनिक गर्न नसकेको योजना घोषणा गरेका छन्।त्यो योजना हो युवाहरुका लागी १ करोडको कोष स्थापना गर्ने।
अब्दुल भन्छन्,

मेरो कार्यकालमा युवाहरुका लागी १ करोडको कोष खडा गर्छु। जुन कोषबाट देश विदेशमा रहेका हजारौ युवाहरुलाई विभिन्न योजना र कार्यक्रमबाट फाईदा पुग्ने छ ।

त्यसका लागी एनआरएनए स्पोर्टस् एकेडेमिमा आफैले सुरुमा ५ लाख राखेर नयाँ कोष खडा गरि विभिन्न माध्यमबाट आफ्नो २ वर्षे कार्यकालमा त्यसलाई १ करोडको पुराउने उनको योजना छ । टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको कुराकानीमा वासीदले देश समृद्ध बनाउन र एनआरएनए अभियान सफल बनाउन युवाहरुका विषेश योजना ल्याउन अत्यावश्यक रहेको भन्दै आँफुले यो योजना अगाडी सारेको बताए।

त्यसका साथसाथै कोभिड महामारीले आक्रान्त भएको अर्थतन्त्र त्यसमा पनि लगानी गर्न सबै हिच्किचाइरहेको समयमा विश्व प्रख्यात कम्पनी बेलाको का उत्पादनहरु नेपाल भित्राएर रोजगारीसँगै अर्थतन्त्रमा पनि चलायमान बनाउन योगदान दिने एक मात्रै व्यक्ति अब्दुल वासीद नै हुन् । त्यससका साथै वासिदले बेलाको कम्पनिलाई युकेसहित अन्य ठुलाठुला देशहरुका बजारमा समेत लोकप्रिय बनाएका छन् । त्यससँगै नेपालमा तथा बाहिर रहेका नेपालीहरुलाई आइपर्ने समस्यामा अग्रपंक्तिमै रहेर सहयोग गरिरहेका हुन्छन् । यसले सामाजिक सेवामा पनि उनको नाम अग्रपंक्तिमै छ ।