एनआरएनए महिला उपाध्यक्षमा यासमीन बेगमले पुनः उम्मेदवारी दिँदै

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छिन्। वर्तमान कार्यसमितिमा महिला उपाध्यक्षकै जिम्मेवारीमा रहेकी यासमिनले आगामी कार्यकालका लागि पनि सोही पदमा दोहोरिने घोषणा गरेकी हुन्।

पाल्पामा जन्मिएर विभिन्न शिलसिलामा साउदि पुगेर विगत १७ वर्षदेखी एनआरएनए अभियानमा सक्रिय यासमिनले ‘संस्थागत बिकास, दर्बिलो एकता: साझा एनआरएन, हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन्।

यासमिन मध्यपूर्वबाट एनआरएनए अभियानमा सम्भावना बोकेकी महिला नेतृ अन्तर्गत पर्दछिन्।

प्रवासमा रहेका श्रमिक तथा महिलाका समस्या र हकअधिकारका लागि निरन्तर आवाज उठाउदै आइरहेकी यासमिनले एनआरएनए अभियानमा महिला सहभागिता बढाउन र सिंगो संस्थाको गरिमालाई उच्च बनाउन आफु प्रतिवद्ध भएर लाग्ने

बताएकी छिन् ।

यसका साथै उनले एनआरएनएमा समयसापेक्ष रुपान्तरणको आवश्यकता रहेको र समृद्ध नेपाल बनाउने सपना पुरा गर्न प्रवासमा रहेका नेपालीको ज्ञान, सीप र लगानी भित्र्याउन जरुरी रहेको बताउँदै त्यसमा पनि आफुले सक्दो प्रयत्न गर्ने बताएकी छिन्।

‘रुपान्तरणको लागि प्रविधि, पारदर्शिता र समावेशी एकता, समृद्धिको लागि ज्ञान, सीप र लगानीको प्रतिवद्धता’

उनको भनाई छ। एनआरएन अभियानमा १७ वर्षदेखि सक्रिय यासमिन सामाजिक कार्यमा पनि संसारभर छरिएर रहेका गैरआवासीय नेपालीमाझ चिरपरिचित अनुहार हुन् ।

त्यतिमात्रै नभएर नेपालमै रहँदा शिक्षण पेसामा आवद्ध यासमिनले विभिन्न उपाधी हासिल गरेकी थिइन् ।विजडम इग्लिस बोर्डिङ्ग स्कुल तानसेन पाल्पामा शिक्षण गर्दा यासमिनले उत्कृष्ट शिक्षक पुरस्कारसहितका विभिन्न पुरस्कारहरु प्राप्त गरेकी थिइन् ।
उनका अन्य योजना र धारणा यस्ता छन् ः