काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको नयाँ कार्यसमिति निर्वाचित भएको छ। जसको अध्यक्षमा राहुल केसी, वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकारसहित १३ जनाको समितिको घोषणा गरिएको छ। इनास अमेरिकाका निवर्तमान राष्ट्रिय महासचिव रहेका केसी आगामी कार्यकालका लागी अध्यक्ष पदमा निर्वाचित भएका छन्।
उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा ,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह( कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन्। यसैगरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने, अनिल तिमिल्सिना, अरुण कार्की, गोपाल अधिकारी, अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन्।
यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो। यसैगरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ ।
त्यस्तै २०२३–२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल, भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन्। इनास अमेरिकाले प्रेम राजा महत,अनु वन्त ,सुवोध विलास पन्थ, कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ।