काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को सचिव पदमा दीपक गौतमले उम्मेदवारी घोषणा गरेका छन्। क्यानडामा रहेर एनआरएनए अभियानमा सक्रिय गौतमले विभिन्न योजना सहित आफ्नो उमेदवारी सार्वजनिक गरेका हुन्।
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका रक्तसंचार घुम्ति बस मेघा परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, क्यानडाका निवर्तमान अध्यक्ष गौतमले गैरआवासीय नेपाली संघका विभिन्न ग्लोबल सम्मेलन, क्षेत्रिय सम्मेलनको सहभागीता तथा अन्तराष्ट्रिय समन्वय परिषदसंग निकट रहेर काम गरेको अनुभवको आधारमा संस्थामा गर्न सकिने सुधारका काम र दिन सक्ने आफ्नो योगदानको मुल्याँकन गरि आसन्न निर्वाचनमा आफुलाई मत दिनसमेत आग्रह गरेका छन्।
यस्तो छ उनको अपिलः
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को अन्तर्राष्ट्रिय महाधिवेशन २०२३ का सम्पुर्ण प्रतिनिधिज्युहरुमा नमस्कार।
सर्वप्रथम विभिन्न देशहरुबाट निर्वाचित अध्यक्ष, पदाधीकारीहरु, कार्यसमिति सदस्यहरु, आइसीसी सदस्यहरु र छनौट हुनुभएका प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु।गैरआवासीय नेपाली संघको स्थापना गरि आजका दिनसम्म ल्याउन स्वयंसेवा गर्ने संस्थापकज्युहरु एवं संलग्न सवै गैरआवासीय अभियन्ताहरुमा उच्च सम्मान सहित नमन छ।
गैरआावसीय नेपाली संघको आसन्न निर्वाचन नजिकिदै जाँदा विभिन्न पदमा रहि काम गर्ने चाहना व्यक्त भइरहेका छन। अभियन्ताहरुको यो चाहनाले संस्थाको आवस्यकता र महत्वको पुष्टी गर्दछ। स्वयंसेवा गर्न तम्सिनुभएका सवै उम्मेदवार साथीहरुलाई २ बर्षको प्रतिबद्धताको लागी आभार व्यक्त गर्दछु।
किशोरावस्था देखि नै विभिन्न राजनैतिक तथा सामाजिक संस्थामा संलग्न हुँदै २०११ मा क्यानडा प्रबेश गरेदेखी नै गैरआवासीय नेपाली संघका गतिविधीमा संलग्न छु । २०१३ –१५ को कार्यकालमा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद क्यानडाको प्रवक्ता,२०१७–१९ कार्यकालमा गैरआवासीय नेपाली संघको रक्तसंचार तथा प्रविधि हस्तान्तरण समितिको सदस्य, २०१९ –२१ मा सोहि समितिको प्रचार संयोजक र २०२१ –२३ मा गैरआवासीय नेपाली संघ क्यानडाको अध्यक्ष भई सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेको छु।
मेरो जन्मस्थान बाग्लुङ्ग हुँदा हुँदै पनि सवै नेपालीले समग्र नेपालको सामाजिक विकासमा हातेमालो गनुपर्दछ भन्ने उद्येस्यका साथ कोशी प्रदेसकालागी गैरआवासीय नेपाली संघको रक्तसंचार घुम्ती बस मेघा परियोजनाको संयोजक भइ काम गरिरहेको छु। मेरो नेतृत्वमा रहेको परियोजना समितिले हालसम्म २५ लाख नगद रकम संकलन गरिसकेको छ।
मेरो नेतृत्वमा गैरआवासीय नेपाली संघ क्यानडाको निर्वाचन प्रणाली परिवर्तन गरि प्रत्यक्ष निर्वाचन प्रणाली र अनलाईन मतदान, नेपालको राज्य तहबाट उपेक्षामा परेका विशेष क्षमता व्यक्तिहरुको शिक्षाका लागी करिब ९ लाख सहयोग, क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागी सुचनामुलक कार्यक्रम, समुदायमा एकता र सद्भाब बृद्धी, खेलकुद, संस्कृति र आर्थीक पारदर्शिता लगायतका क्षेत्रमा महत्वपुर्ण कार्यहरु सम्पन्न भएका छन्।
गैरआवासीय नेपाली संघका विभिन्न ग्लोबल सम्मेलन, क्षेत्रिय सम्मेलनको सहभागीता तथा अन्तराष्ट्रिय समन्वय परिषदसंग निकट रहेर काम गरेको अनुभवको आधारमा संस्थामा गर्न सकिने सुधारका काम र दिन सक्ने आफ्नो योगदानको मुल्याँकन गरि आसन्न निर्वाचनमा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पदका लागी उम्मेदवारी दिने निर्णय गरेको छु। तपाईहरुको सहयोग, सद्भाव र मतको अपेक्षा छ।
धन्यबाद
दिपक गौतम
सचिवको उम्मेदबार(२०२३—२०२५)
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद ।
संयोजक
रक्तसंचार घुम्ति बस मेघा परियोजना
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद ।
निवर्तमान अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, क्यानडा