काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा माधव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान आइसीसी सदस्यसमेत रहेका पौडेलले आगामी अक्टोरमा हुन लागेको संघको ११ औँ विश्व सम्मेलन तथा निर्वाचनका लागि ६ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन्।
एनआरएनए अभियानमा सन् २०११ देखि सक्रिय पौडेल मध्यपूर्वमा रहेका नेपालीहरुको दुःख सुखमा निरन्तर साथमा रहँदै आएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा सदस्यदेखि विभिन्न पदहरुमा कार्य सम्पादन गर्दै हाल आईसीसी सदस्य रहेर रहेका पौडेल आगामी कार्यकालका लागि भने मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी
२००९ देखि आजको दिनसम्म आफूले प्रत्यक्ष न्युन ज्यालादारीमा काम गर्ने दक्ष, अदक्ष तथा श्रमजीवी वर्गहरुसँग मिलेर कार्य गर्दै आएकोले आफूलाई श्रमिकहरुको समस्याहरु कस्ता हुन्छन् र समाधानका उपायहरु के के हुन सक्छन् भन्ने बिषयको पूर्ण जानकारी रहेको भन्दै निर्वाचनमा भारी मतका साथ जिताएर श्रमिकहरुको हकहितका सवालमा थप काम गर्ने अवसर दिन अनुरोध गरेका छन् ।
उनले आफ्नो ६ बुँदे प्रतिबद्धतामा मध्यपूर्वको राष्ट्रहरुमा दोहोरो श्रम सम्झौता नहुनाले अन्तर्राष्ट्रिय श्रम बजारको मूल्य प्राप्त गर्नबाट श्रमिकहरु बन्चित रहेको बताएका छन् । प्रमुख कार्य भनेको सरोकारवालाहरुको ढोका ढकढक्याउने र दोहोरो श्रम सम्झौता गराउन पहल गर्ने हुने उनको भनाइ छ ।