एनआरएनए उपाध्यक्षमा ’गोविन्द’द्वारा पुन: उम्मेदवारी घोषणा (एजेन्डासहित)

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)को आगामी कार्यकालका लागी वर्तमान उपाध्यक्ष रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ले पुन उम्मेदवारी घोषणा गरेका छन्।आसन्न ११ औं महाधिवेशनबाट हुने आगामी कार्यकालका लागी नयाँ नेतृत्य चयनमा उनले पुनः दोहोरिने गरि उमेदवारी घोषणा गरेका हुन्।

नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित श्रेष्ठले उम्मेदवारी सार्वजनिक गरेका हुन्।

अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउनको लागि उम्मेदवारी </blockquot

प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए।

सन २००५ देखि हालसम्म निरन्तर एनआरएनए अभियानमा सक्रिय श्रेष्ठ एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एशिया प्यासिफिक उप संयोजक, एशिया प्यासिफिक संयोजक र हाल आइसीसी उपाध्यक्षको रूपमा जिम्मेवारी र भूमिका निर्वाह गरिसकेका छन ।

यस्ता छन् श्रेष्ठका एजेण्डाहरु:
१) गैर आवासीय नेपाली संघको विस्तार, सुदृढीकरण र संस्थागत विकासमा योजनाबद्द कार्ययोजना बनाई कार्यान्वयन गर्न सहयोग गर्नेछु ।

२)परराष्ट्र मन्त्रालय अन्तरगत एनआरएनएको विषेश विभाग स्थापना गरी सोहिमार्फत प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक पहल गर्नेछु ।

३) राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वयन परिषदको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विषेश संयन्त्रको विकास गरी हाल देखिएको खाडललाई न्यूनीकरण गर्न आवश्यक नीति तर्जुमा गरिने ।

४) प्रवासमा रहेका दोस्रो पुस्तासँग नेपाललाई जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न पहल गर्ने छु ।

५) नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।

६) एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुस्थापित गराई सबैले विश्वास गर्ने र सबैको अपनत्व हुने साझा संस्थाको रुपमा विकास गराउन प्रमुख कार्यभारको रुपमा लिइ सोहि अनुरुप कार्य गर्नेछु ।

७) वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरु नीतिगत रुपमा सम्बोधन गर्न सरकारी निकायसँग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास बिचौलिया प्रवृतिको अन्त्यमा आवश्यक पहल गर्नेछु ।

८) वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजार मा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्नेछु ।
९) वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसँग समन्वय गरी ठोस निष्कर्ष निकाल्न प्रयत्न गर्नेछु ।

१०) सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने अधिकार प्रदान गर्न दिनू भन्ने आदेश कार्यान्वयनका लागि पहलकदमी लिनेछु ।

११) प्रवासमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागि सचेतनामूलक कार्यक्रम एनएसिसिसँगको समन्वयमा गर्ने व्यावहारिक योजना बनाई कार्यान्वयन गर्नेछु ।