युवा लक्षित १ करोडको कोष खडा गर्छु : अब्दुल वासीद, युवा उपाध्यक्ष उमेदवार, एनआरएनए

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएका युवा उपाध्यक्ष पदका उमेदवार अब्दुल वासिदले युवाहरुका लागी १ करोडको कोष स्थापना गर्ने योजना घोषणा गरेका छन्। गैर आवासिय नेपाली संघ एनआरएनएका वर्तमान युवा संयोजक समेत रहेका वासीदले युवाहरुलाई लक्षीत गर्दै एनआरएनए स्पोर्टस् एकेडेमिका लागी आफ्नो व्यक्तिगत ५ लाखबाट सुरुवात गरि पुरा कार्यकालमा १ करोडको कोष खडा गर्ने बताएका हुन्।
टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको कुराकानीमा

वासीदले देश समृद्ध बनाउन र एनआरएनए अभियान सफल बनाउन युवाहरुका विषेश योजना ल्याउन अत्यावश्यक रहेको भन्दै आँफुले यो योजना अगाडी सारेको बताए।

देश तथा विदेशमा रहेका नेपाली दक्ष युवाहरु आफ्नो दक्षता कुन कुरामा लगानि गर्ने ? भन्ने अन्यौलतामा रहेकोले आगामी एनआरएनए नयाँ नेतृत्वले यस संबन्धी योजना ल्याउनुपर्नेमा जोड दिए। कतारमा रहेर दशकौंदेखि व्यवसाय सँगै एनआरएनए अभियानमा सक्रिय वासदले अहिलेसम्म एनआरएनएका विभिन्न तह र पदहरुमा रहेर योगदानसँगै सफल पारेका छन् । त्यति मात्रै नभै नेपालमै पहिलोपटक बेलाको ब्राण्डका सामाग्रीहरु भित्राएर अर्थतन्त्रमा चलायमान बनाउन योगदान दिएका छन् वासिदले पत्रकार पौडेलसँग गरेको अन्तर्वार्ताको पुरा अंश टिभिसण्डेका सम्पुर्ण माध्यम( फेसबुक, युटुव,अनलाईन)मा हेर्न, पढ्न र सुन्न सकिने गरि उपलब्ध छ ।