को हुन् एनआरएनए सचिवका उमेदवार राम सि पोखरेल ? यस्तो छ उनको योदान…

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनबाट आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन हुँदैछ। यसका लागी विभिन्न पदका आकांक्षीहरुले उमेदवारी घोषणा गर्ने र दावेदारी प्रस्ततुत गर्ने क्रम बढीरहेको छ।

यहि क्रममा सबै गैरआवासीय नेपालीहरुका बिचमा परिचित नाम राम सि पोख्रेल पनि चुनावी मैदान होमिएका छन्। विगत डेढ दशक बढी समयदेखि एनआरएनए अभियानमा सक्रिय पोखरेलले आगामी ११ औं महाधिवेशनमा सचिव पदका लागी उमेदवारी घाोषणा गरेर निर्वाचनको मैदानमा होमिएका हुन्।

अर्घाखाँचीमा जन्मिएर सन् १९९७ मा अमेरिका पुगेका पोख्रेल अहिलेसम्म आाफ्नै व्यवसायसँगै गैर आवासिय नेपाली संघका विभिन्न तहमा रहेर एनआरएनए अभियानमा सक्रिय छन्। त्यसका साथसाथै अन्य सामाजिक क्रियाकलापमा समेत उनि निकै सक्रिय छन्।

यहि सन्दर्भमा उनले टिभि सण्डे अनलाईन टेलिभिजननमा पत्रकार तिलक पाौडेलसँगको अन्तर्वार्तामा पनि लामे समयदेखीको अनुभवलाई अब केन्द्रीय तहमै योगदान दिने उदेश्यका साथ एनआरएनए आइसीसी सचिवमा उमेदवारी दिएको बताएका छन् ।

उनले सन २००८ देखि एनआरएनए अभियानमा सक्रिय पोखरेल २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष थिए भने ०१७–१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए। त्यसपछि सन २०१९–२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे।

संघलाई नजिकबाट बुझेको र हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने पोखरेलको भनाइ रहेको छ। संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको पोखरेलले बताए। नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ सँस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ।

पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन। पोखरेलले आफू यस अभियानमा केही योगदान दिन आएकाले आफुलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका छन। पोख्रेलले टिभिसण्डेमा पत्रकार पौडेलसँग गरेको कुराकानीको पुरा अंश सम्पुर्ण माध्यमका साथै सामाजिक सञ्जालहरुमा उपलब्ध छ।