काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन कार्यतालिका घोषणा भएको छ।हरेक दुई वर्षमा गरिने अधिवेशन असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म काठमाडौंमा हुनेछ।
दुई वर्षको कार्यकालको लागि निर्वाचन हुनेछ।अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुबाट ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन्।उक्त निर्वाचन प्रयोजनको लागि यो निर्वाचन कार्यक्रमको सूचना जारी गरिएको छ।जसअनुसार मतदान २ गते तोकिएको छ।