काठमाडौं।गैर आवासिय नेपाली संघ(एनआरएनए)का अध्यक्ष पदका उमेदवार राजेन्द्र कुमार(आरके)शर्माले राजपत्रमा गैरआवासीय नेपाली नागरिकता दिने कानुनी व्यवस्था राजपत्रमा प्रकाशित भएपछी धन्यवाद व्यक्त गरेका छन्। उनलले सामाजिक सञ्जालमार्फत यतिबेला लामो संघर्षपछिको उपलब्धि प्राप्त भएको भन्दै नेपाल सरकारप्रति आभार व्यत्त गरेका हुन्।
एनआरएनएका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले उल्लेख गरेका छन्,‘यसको लागि सबै गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीलाई बधाई दिन चाहन्छु। गैरआवासीय नेपाली अभियानको लामो समयदेखिको संघर्षपछि अहिलेको उपलब्धि हासिल भएको छ। गैरआवासीय नागरिकता विधेयक बन्ने बेलादेखि लागू हुने बेलासम्म सहयोग गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू,माननीय मन्त्रीज्यूहरू तथा सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।अहिलेको उपलब्धि गैरआवासीय नागरिकता भए पनि हाम्रो गन्तव्य वंशजको नागरिकताको निरन्तरता नै हो।’
आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासि समेत रहेका शर्मा यतिबेला चुनावी अभियाानस्वरुप विश्व दौडाहामा व्यस्त छन्।