काठमाडौं। गैरआबासीय नेपाली संघ(एनआरएनए)उपाध्यक्ष नारायण आचार्यले पुन दोहोरिने गरि उम्मेदवारी घोषणा गरेका छन्। संघको आसन्न ११ औं महाधिवेसनबाट चयन हुने नयाँ नेतृत्वमा आँफुले पुनहः उपाध्यक्ष पदमै उमेदवारी दिने निर्णय गरेको साममाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेदरल्याण्ड निवासी आचार्यले बिहिबार आफ्नो जन्मदिन पारेर सामाजिक सञ्जाल फेसबुमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। एनआरएनए अभियानमा स्थापनाकालदेखी नेदरल्याण्ड तथा जनसम्पर्क समितिमा सक्रिय आचार्यले आफू संघको अभियानकै दौडमा रहेको बताएका छन्।
संघभित्र केहि बर्षदेखि देखापरेको आन्तरीक खिचातानी तथा असमझदारीलाई अन्त गरी बिदेशमा रहेका एनआरएनए सँस्थासँग आबद्ध भई ११ औ महाधिबेशन प्रजातान्त्रिक ढंगले समाधान गर्नुपर्ने जिम्मेवारी समाधान गर्नुपर्ने आचार्यले बताए।