प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रसङ्घको ७८औँ महासभामा सम्बोधन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्नुभएको छ। महासभाको सम्बोधन क्रममा आज प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गर्नुभएको छ।

त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले सभामा जानकारी गराउनु भयो।

भएका प्रधानमन्त्री प्रमहासभामा भाग लिन केहि दिन पहिले अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट आजै चीन प्रस्थान गर्नु हुनेछ। चिन भ्रमण सकेर उहाँ १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ।