काठमाडौं।गैरआवासिय नेपाली संघ एनआरएनएको आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासि राजेन्द्र कुमार(आरके)शर्माले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन्।
एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक नेपाल सरकारलाई ग्यारेन्टी हुनेगरि लगानी गरेर उनिहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चीत गर्ने बताए।
अहिलेसम्म विदेशमा मेहनत गरेर केहि व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी भएको बताउँदै उनले भने,‘विदेशमा रहेका लाखौं नेपाली दाजुभाई दिदिबैनिलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्थालाई उनिहरुले नै दुख गरेर कमाएको रकमबाट आर्थिक अबस्था उन्नत गराउन लामुहिक लागनी र प्राधिकरणमार्फत सरकारलाई ग्यारेन्टी राखेर सरकारलाई पनि फाईदा पुग्ने र उनिहरुको भविश्य सुरक्षीत रहने गरि योजना बनाउन ढीला भैसकेको छ, अबको पहिलो आवश्यकता नै यहि हो ।‘
वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबरमा हुन लागेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी दिएका हुन् ।