काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना गरिएको छ। जसको नेतृत्वमा ख्यातिप्राप्त गायक तथा सामाजिक अभियन्ता राजेश हमाल, उपाध्यक्षहरुमा पेमा छेवाङ्ग शेर्पा, सूर्य सिम्खडा र अमित पाण्डे छन्।
कोषाध्यक्ष भुवन खत्री, सचिव एट्ना कार्की, सह–सचिव निरन प्रजापति छन्। काठमाडौंवाट अमेरिका पुगेका नेपालीहरुको आपसी सदभाव, भाइचारा तथा सहयोगात्मक विकास अभिबृद्धि गर्न र गराउन काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना गरिएको जनाएको छ।
यस समाजमा दिग्गज नेपालको किङ अफ पप गायक ओमविक्रम विष्टदेखि तामाङ समाजका यु.एस.ए.का प्रेसिडेन्ट मोहन वाइबा, इभेन्ट अर्गनाइजर तथा सीपीए एवम् सामाजिक अभियन्ता पशुपति श्रेष्ठ,न्यू अमेरिकन भोटर्स एशोसियनका भाइस प्रेसिडेन्ट तथा रोटरी क्लब अफ न्यूयोर्क क्विन्सका पूर्व प्रेसिडेन्ट तथा हामी नेपाली ग्लोबलका सिनियर भाइस प्रेसिडेन्ट नवराज केसी विशिष्ट सल्लाहकार छन्।
विशिष्ट सल्लाहकारहरुको सल्लाह तथा मार्गनिर्देशन बमोजिम काठमाडौं समाज यु.एस.ए. इन्कले सांगठनिक विस्तार गरेर अभूतपूर्व कार्यक्रमहरु गर्दैजाने भएको छ। काठमाडौं समाज यु.एस.ए. इन्क अमेरिकामा नै पहिलो पल्ट स्थापना भएको काठमाडौंको समाज हो।