जनवरीदेखी विदेशमा पनि मतदाता नामावली संकलन सुरु हुन्छः दिनेशकुमार थपलिया

काठमाडौं।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका सबै नेपालीलाई मतदानको अधिकार प्रत्यायोजन गर्न आफुले हरसम्भव प्रयास गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएएनए एनसिसि)कतारले आयोजना गरेको विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा थपलियाले यस्तो बताएका हुन्।

थपलियाले विदेशमा रहेका नेपालीलाई मतदान गराउने लक्ष्यका साथ आगामी जनवरी देखी पहिलो चरणमा प्रवास बाटै मतदाता नामावली संकलन गर्न शुरु गरिने जानकारी दिए। अहिले स्थाई ठेगानामा मात्रै मतदाता नामवाली हुने प्रावधान रहेकोमा प्रवासबाट मतदाता नामावली संकलन गर्दा आफनो नेपालको मतदान स्थलसँगै विदेशमा रहेको देश दुवै ठाँउबाट मतदाता हुन पाउने गरि व्यवस्था गरिने बताए।

निर्वाचन आयोगलाई विधमान कानुन अनुसार काम गर्न समस्या भएकोले त्यसको आवश्यक संसोधनको लागि मस्यौदा बुझाई सकेको बताए। वर्तमान व्यवस्थाकै भौतिक रुपमा मात्रै मत हाल्ने व्यबस्थाबाट विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ब्यबहारीक कठिनाई रहने भन्दै विधुतिय माध्यम बाट गर्न सके सम्भव हुने बताए।

आयोगले सरोकारवाला निकायसँग निरन्तर छलफल गरेर शुरुको चरणमा विदेशमा रहेका नेपालीलाई प्रतिनिधिसभाको समानुपातीक तर्फको मतदानमा सहभागीता गराउन सम्भव रहेको बताए। उनले नेपाल भन्दा पनि विकशित देशले विदेशमा रहेका नागरिकलाइ मतदानको अधिकार पुर्ण रुपमा दिन नसकिरहेको भन्दै कतिपय फरक फरक देशको नियम कानुन अनुसार गर्नुपर्ने हुदाँ चुनौतीपुर्ण रहेको बताए।