काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार शर्मा (आरके शर्मा) ले सामूहिक लगानीमार्फत देश विकासमा रेमिट्यान्सको रकम भित्राउने योजना अगाडि सारेका छन्। एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अध्यक्षको रूपमा सामूहिक लगानी, प्राधिकरण मार्फत देश विकासमा रेमिट्यान्सको रकम ल्याउने योजना अगाडि सारेको जानकारी दिएका हुन्।
वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विदेशमा बस्ने केही हजार नेपाली धनी र व्यवसायी भए पनि लाखौँ नेपालीहरूको अवस्था सुधार नभएको र देशको विकासको लागि अब रेमिट्यान्स रकमलाई उत्पादनमा लगाउन ढिला भइसकेको शर्माले बताए।
“रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति बढाएको छ,देशको अर्थतन्त्र चलेको पनी छ,सहज रूपमा आएको रेमिट्यान्सले हाम्रा खेतबारीहरू बाँझो भएका छन्,चामल र तरकारी आयात गरेर खाने बानीलाई हामीले परिवर्तन गर्न जरुरी छ।”
यस्तै नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको भन्दै चुनावदेखि चुनावसम्ममा अभियान सीमित भएको हुँदा मूल उद्देश्यबाट पछाडि परेको र एनआरएनए अभियानले मूल उद्देश्य प्राप्त गर्न नसकेको स्वीकार गरे । एनआरएनए अभियानले सामाजिक कार्यलाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्ने बताए ।
नेपाल छाडेर विदेश आउनु सबै नेपालीको एउटै पीडा हो,सबैको चाहना सम्बृद्ध नेपाल बनाउने नै छ,
यसको पिडा समाधानका लागी पनि आफ्नो उम्मेदवारी रहेको जानकारी शर्माले स्मरण गराए । एनआरएन अभियानमा पछिल्लो समय राजनीतिक दलको हस्तक्षेप स्वीकार्य नभएको तर, मुद्दा कार्यान्वयनको लागि नेपालका सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि जानुपर्ने पक्षमा आफु रहेको जनाए ।
यद्यपी शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन महंगो भएको र यसको नेतृत्वमा आम श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न हुने व्यक्तिहरू आउने गरी काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
“हामी बंशजको नागरिकता निरन्तरताको पक्षमा नै हो,यो हासिल नभएपछि निरन्तर लाग्ने नै छौ, गैरआवासीय नागरिकता आउनु पनि हाम्रो उपलब्धी नै हो,यसले कम्तीमा नेपालमा हाम्रो सम्पत्ति सुरक्षित भएको छ।”
मध्यपूर्व बाहेक बाहिर बस्ने नेपालीको नागरिकतादेखि लिएर अरु एजेण्डामा आफू जहिले पनि लागेको शर्माले स्मरण गराए। गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा भए पनि मध्यपूर्व नेतृत्वको विषयमा भने जहिले अमिलो मन आफूले लिएको अनुभव व्यक्त गर्दै शर्माले यसपटक सबै गैर आवासिय नेपालीहरुले विगतको नजिर परिवर्तन गर्नेमा विश्वस्त रहेको बताए । यसपटक विगतमा हुन नसकेका कार्यलाई पुर्णता दिन पनि आफ्नो उमेदवारीमा सबै एनआरएन हरुको सहयोग र साथ रहने विश्वास शर्माले लिएका छन् ।
सो कार्यक्रम मा बोल्ने अन्य वक्ताहरुले पनि शर्माको भनाईमा ऐक्यबद्धता जनाउर्दै उनको उमेदवारीमा साथ दिने प्रतिबद्धतासहित शुभकामना दिएका छन् ।
अन्य बोल्ने बक्ताहरु फोटोमा