समृद्ध नेपाल निर्माण गर्नु र आर्थिक क्रान्तिका बाटाहरु अगाडी बढाउनु आजको आवश्यकता : आरके शर्मा उपाध्यक्ष,एनआरएनए

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष एवं आसन्न ११ औं महाधिवेशनका लागी अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार शर्मा(आरके शर्मा)ले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा लगानि गरेर समृद्ध नेपाल निर्माण गर्न र आर्थिक क्रान्तिका बाटाहरु अगाडी बढाउनु पर्ने बताएका छन्।

एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा सहभागी हुँदै बर्तमान उपाध्यक्ष समेत रहेका शर्माले यस्तो बताएका हुन्। सम्पुर्ण नेपालीहरुको उदेश्य नै समृद्ध नेपाल निर्माण गर्ने र नेपालमै रोजगारी सृजना गरेर स्वदेश फर्किने रहेको भन्दै त्यसतर्फ सर्ब लाग्नुपर्ने आवश्यकता औल्याएका छन्। उनले भने, “सबैको उदेश्य समृद्ध नेपाल निर्माण गर्न र आर्थिक क्रान्तिका बाटाहरु अगाडी बढाउनु नै हो, निकै ढिला भैसकेको छ, यसतर्फ सबै गैर आवासिय नेपाली जुट्न आवश्यक छ”।

एनआरएनए अभियानको बिस वर्षमा समग्रमा धेरै उपलब्धी हासिल गरे पनि सोचेअनुसार नेपालमा लगानी विस्तार गर्न नसकिएको स्वीकार गर्दै अब ढीला गर्न नहुने बताए। ढुलो रकम खर्चेर विदेशिनु पर्ने वाध्यता भावी पुस्ताले भोग्न नपरोस् भन्ने उदेश्यका साथ विदेशमा आँफुहरुले सिकेको ज्ञान सिप र आर्जन गरेको लगानी नेपालका जलविद्युत जस्ता विभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धी हासिल गर्नुपर्ने बताए।