प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारहरुसँग गरेको संबोधनको पुरा अंश…

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नु भएको छ। प्रचण्डले न्युयोर्कमा
पत्रकारहरुसँग कुरा गर्दै यसपटकको भ्रमण, महासभा र साइड लाईन वार्ताबाट शान्ती प्रक्रियाका बाँकी काम टुँगोमा पुराउने बताउनु भएको छ। अमेरिका र चिन भ्रमणले शान्ती प्रक्रियाका बाँकी काम टुँगोमा पुराउन महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ।

यस्तो छ उहाँले न्युयोर्कमा पत्रकारहरुसँग गरेको संबोधनको पुरा संपादित अंशः

‘नेपाल सरकारको तर्फबाट राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आएका छौं, मुलःत पहिलो कुरा शान्ती प्रक्रियाको करिब अन्तीम कन्लुजनमा पुग्दैछौं हामी, यो कन्क्लुड गर्ने बेलामा यसको स्थितीबारे अन्तराष्ट्रिय जगतमा जानकारी गराउनैपर्ने थियो, त्यसकारण आउनै पर्ने थियो, त्यसपछी हामिले हासिल गरेको विकास र समृद्धिमा क्ष्न्टरनेश्नल कमिटीलाई आकर्षित गर्नु थियो । त्यसबाहेक अरु पनि छन् तर, यिनै मुख्य कुरा लाइ लिएर आउनु पथ्र्यो, तइसैले हामि आएका छौं । अहिले हाम्रो मन्त्रालयबाट पराराष्ट्र सचिव ज्यु आउनु भाछ, मिसन प्रमुख हुनुहुनछ, हामिले देशभित्रबाट एकदमै राम्रो तयारीका आएका छौ ।’

‘दोश्रो कुरा देशभित्र मैले यसपटक राष्ट्र र जनताको पक्षमा शुसासन सामाजिक न्याय र समृद्धिको अभियान भनेको छु , त्यसमा त्यसमा पनि सुशासनको पक्षमा बढी जोड दिएको छु, त्यसले अहिले जनतामा आशाको सञ्चार बढेको छ, तर, एकथरी मानिसहरु अलिक बढी त्रसित भएका छन्, त्यस्ता व्यक्तीहरुले सोसल मिडियाबाट भए नभएका भ्रमहरु छर्ने षडयन्त्र पनि उत्तिकै गरिरहेक छन्, त्यसलाई चिर्न हामी लागिरहेका छौं तपाईहरुले पनि आफ्नो तर्फबाट सहयोग गर्नुहुनेछ,’

‘किनभने यसपटक राम्राबाहेक नराम्रो काम नगर्ने उदेश्यका साथ अगाडी बढेकाा छौं , त्यसमा शुसासनमा भ्रष्टाचारीलाई कारबाही, सामाजिक न्यायमा मिटर व्याज देखी सामाजिक सुरक्षा कोषमा देश विदेशका श्रमिक आबद्ध गर्ने सम्मका कार्यक्रम र पासपोर्ट, लाईसेन्सको लामो लाईनको समस्या अन्त्य गर्नेदेखी लिएर अन्य थुप्रै सामाजिक न्यायसँग सबन्धीत काम गरेका छौं।’
‘ बिकासको हकमा २५ वर्षदेखी थन्किएर बसेको पञ्चेस्वर परियोजना अस्ती पोखरामा आफै उपस्थित भएर मिटिङ बसेर भारत भ्रमण पछि सुरुवात गरिएको छ । भारत भ्रमणबाट १० हजार मेघावट विद्युत व्यापार देखी सिमा समस्या समाधानका पहल भएका छन् । बंगलादेश नेपाल र भारत सँग बिद्युत सम्झौता भएका छन् ।’

‘अहिले पनि अमेरिका र चिन भ्रमणबाट कृषि क्षेत्रको विकासमा जोड दिने पहल गरिने योजना छ। त्यस्ता अन्य विषयमा थुप्रै योजनाहरुमा सहमती र सम्झौता गर्ने योजनाहरु प्राथमिकतामा छन् । कतै यो अभियान रोकिन्छ कि भन्ने आशंका नगर्नुस यस्ता अभियान थप नयाँनयाँ खुल्दै जान्छन् ।’

‘अप्ठ्यारोमा भएपनि यसपटक मेरा लागी राम्र काम गरेर रेकर्ड बनाउनुको विकल्पको छैन । तेत्रो क्रान्ती र बलिदान परिवर्तन कतै लावारिस हुन्छ कि भनेर सबैभन्दा बढी र अत्यन्तै चिन्तीत बनेको छु मलाई त अरु केही चिन्ता छैन हजुरहरुलाई थाहा नै छ। त्यसकारण यसमा तपाईहरुले यहाँबाट पनि यस विषयमा बोल्नुपर्यो’

‘अर्कोतिर राम्रो काम गर्दा पनि जस नमिल्ने समस्या सतिले सरापेको देश भन्ने जुन कायम छ नी, जती राम्रो गर्न खोजेपनि नहुने, खास यथार्थ बस्तुस्थिीतीको गहिराईमा पुगेर अध्ययन गर्नुपर्यो नि यसकालागी तपाईहरुले मदत गर्नुहोला ।’

‘मैले सामाजिक सुरक्षा कोष मात्रै नभै अहिले मात्रै हैन पहिल्यै संविधान बनाउने बेलामा पनि गैर आवासिय नेपालीलाई नागरिकता दिने कुरामा सबैभन्दा बढी लडेको छु अहिले यो समस्याा हल गर्नुपर्छ भनेर प्रवासिका निम्ती अहिले पनि गरियो । अस्ती मात्रै क्याविनेट बैठकबाट नियमावली बनाएर अब नागरिकताको समस्या व्यबहारिक रुपमै हल गर्नै बाटो खोलियो ।’

‘यो चिजलाई र सामाजिक सुरक्षा कोषमा लाखौ नेपालिलाई समेट्ने प्रयास कसले गर्यो भन्ने तपाईहरुले पनि बोल्नु पर्यो, त्यस्तै अबको उदेश्य भनेको गैर आवासिय नेपालीलाई मतदानको अधिकार दिने हो त्यो पक्रिया पनि सुरु भैसक्यो, त्यसमा सरकार जोडबलले लागेको छ, त्यसका लागी अहिले निर्वाचन आयोगका प्रमुख विभिन्न देशमा घुमिरहु भएको छ । यसको अब छिट्टै निकासमा पुग्छ नेपाली यता छन् अहिले घुमाउरो बाटोबाट मत हाल्नुपर्ने झन्झट अन्त्य हुन्छ। यहिबाट आँफै भोट हाल्ने व्यबस्था हुन्छ, त्यो पाउनुहुन्छ ।’

यस्तै गैर आवासिय नेपालीलाई विमा सहितका सुरक्षाका विषयमा थुप्रै योजनाहरु सुरु गर्न लागीएको छ यसको जोडबलले प्रचार गरिदिनु पर्यो र राम्रा कामको पक्षमा जनमत बनाईदिन र प्रचार पनि गरिदिनुपर्यो ।’

प्रधानमन्त्री प्रचण्ड नेपालि प्रतिनिधी मण्डलको नेतृत्व गर्दै र राष्ट्र संघिय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुग्नुभएको हो उहाँ अमेरिकाको भ्रमण सकेर उतैबाट चिन भ्रमणमा जानुहुने छ ।