एनआरएनए अध्यक्ष उमेदवार आरके शर्मा अमेरिका क्षेत्र भ्रमणमा, यस्तो छ भ्रमण तालिका..

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार(आरके)शर्मा चुनावी अभियानलाई तिब्र पार्दै छन्। चुनावी अभियान स्वरुप शर्मा यतिबेला अमेरिका क्षेत्रको भ्रमणमा निस्केका छन।

भ्रमणअन्तर्गत शर्माले सेप्टेम्बर १६ देखि १८ सम्म क्यानडामा र १८ देखी २० सम्म अमेरिकामा बिताउने तालिका तय भएको छ। सोही क्रममा शर्माले क्यानडामा गैरआवासीय अभियन्ता,सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिसँग सल्लाह र सुझाव लिने छन्।

Zen Travels - Cheap tickets to Nepal

“अमेरिका क्षेत्रको भ्रमणबाट आउने सुझावपछि काठमाडौंमा एक कार्यक्रम गरेर अध्यक्षको उम्मेदवारीको औपचारीक घोषणा गर्नेछु”शर्माले भने,“अध्यक्षको रूपमा आफूले २ वर्षे कार्यकालमा गर्ने कामको लागि विश्वमा रहेका सबै नेपालीको सुझाव लिएको छु।”

शर्माले श्रमिक वर्गको हितलाई प्राथमिकता दिएर विश्वभर रहेका गैर आवासिय नेपालीलाई संघमा जोड्ने सहितका योजनासँगै सामाजिक कामलाई निरन्तरता दिदै आर्थिक मुद्दालाई अगाडि बढाउने योजना आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा ल्याउने तयारी गरेका छन्।

शर्माले यसअघि युरोप,एसिया तथा ओसियाना क्षेत्रको भ्रमण गरिसकेका छन्। एनआरएनएको विश्वसम्मेलन तथा ११ औ महाधिवेशन आगामी अक्टोबरको दोस्रो साता काठमाडौंमा हुदै छ। सोहि महाधिबेशनले आगामी २ वर्षे लागि नयाँ नेतृत्व चयन गर्ने छ।