एनआरएनए महिला सचिवमा पुनः टीकाले दिइन् उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला सचिव राधिका गुरुङ (टिका)ले पुनः उम्मेदवारी दिने भएकी छिन्। एनआरएनएको वर्तमान महिला सचिव समेत रहेकी गुरुङले संघको ११ औं महाधिवेसनमा पुनः सचिव पदमै उम्मेदवारी दिएकी हुन।

विगत २७ वर्षदेखि हङकङमा रहेर व्यवसायसँगै एनआरएनए अभियानमा सक्रिय गुरुङ संघमा महिला अभियन्ताका रुपमासमेत परिचित छिन्। गुरुङले एनआरएनए हङकङको सदस्य, महिला संयोजक,कोषाध्यक्ष,उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्ष र महिला सचिवको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकी छिन्।

Zen Travels - Cheap tickets to Nepal

गुरुङले सामाजिक कार्यमा पुर्याएको योगदानको कदर स्वदेश तथा विदेशमा पटकपटक सम्मानितसमेत भैसकेकी छिन् भने हङकङ सरकारले पनि उनको योगदानको कदरस्वरुप सम्मान गरेको छ।