एनआरएनए सचिवमा राम सी पोखरेलद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा पदमा राम सी. पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान अमेरिकाज क्षेत्रीय संयोजक रहेका पोखरेलले आगामि अक्टोवरमा हुन लागेको संघको एघारौं महाधिवेशनमा सचिव पदमा उमेदवारी घोषणा गरेका हुन् ।
सन २००८ देखि एनआरएनए अभियानमा सक्रिय पोखरेल २०१५-१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष थिए भने ०१७-१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए । त्यसपछि सन २०१९-२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे ।

संघलाई नजिकबाट बुझेको र हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने पोखरेलको भनाइ रहेको छ । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको पोखरेलले बताए । नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ सँस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ ।

पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन । अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुगेका थिए । परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हुन । पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा बर्षौदेखी ब्यावसाय गरिरहेका छन ।
पोखरेलले आफू यस अभियानमा केही योगदान दिन आएकाले आफुलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका छन । यसपटकदेखी संघको नेतृत्वका लागि प्रत्यक्ष र अनलाइनमार्फत मतदान हुंदैछ ।