एनआरएनए सचिवमा नवीन बिकको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को सचिवमा नवीन बिकले उम्मेदवारी दिने भएका छन्। आगामी अक्टोबरमा हुन लागेको संघको एघारौं महाधिवेशनमा नवीनले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले एक विज्ञप्ती नै जारी गरेर उमेदवारी घोषणाको जानकारी दिएका हुन्। एनआरएनए अभियानमा निरन्तर सक्रिय नवीन चिनको एशिया प्याशिफिक सह संयोजकसमेत रहेका छन्। उनले चीन,अमेरिका र दुबई मा ब्यवसाय सञ्चालन गर्दै आएका छन्।

यस्तो छ उनले जारी गरेको विज्ञप्ती:
आदरणीय NRNA सदस्यहरु तथा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनीहरु
नमस्कार!

मेरो नाम नविन बिक हो, घर चितवन नेपाल, मैले कर्मथलोको रुपमा चीनमा धेरै समय बिताए र हाल अमेरीका र दुबईलाई पनि कर्मथलो बनाएको छु र मेरो जीवनको १६ वर्ष यस सम्मानित संस्थामा समर्पित गर्दै सन् २००७ देखि निरन्तर NRNA को एक हिस्सा भएकोमा म गर्व गर्छु।

मेरो कार्यकालमा, बिभिन्न तरिकाले हाम्रो नेपाली समुदायको सेवा गर्ने सुअवसर पाएको छु, र म यो अवसरमा मेरा केही उपलब्धिहरू साझा गर्न चाहन्छु। Covid-19 pandemic को चुनौतीपूर्ण समयमा मैले महत्त्वपूर्ण भूमिका खेलेको छु, ओम्नी भ्रष्टचारको बिरुद्द आवाज उठाएर राज्यको अरबौ रुपिया जोगाईदिएको कुरा हजुरहरुमा सर्बबिदितै छ, कोभिडको बेलामा हाम्रा नेपाली जनताहरुको लागी अत्यावश्यक स्वास्थ्य सामाग्री म लगाएत मेरा साथीहरुले चीनबाट सहयोग गरेका थियौ।

आज म एउटा विनम्र अनुरोध सहित उभिएको छु। म NRNA भित्र सचिव पदको लागि दौडिरहेको छु, र तपाईहरुको विश्वास र भोट जित्ने आशा गर्दछु। तपाईंको सहयोगले, म हाम्रो समुदायको सेवा गर्न र हाम्रो प्यारो नेपालको उन्नतिमा काम गर्ने कामना गर्दछु। मलाई विश्वास छ कि मेरो अनुभव, समर्पण, र संस्थाको लागी केही गरौ भन्ने जुनूनले मलाई यो भूमिकाको लागि उपयुक्त उम्मेद्वार बनाउँछ। म आफ्नो जिम्मेवारी इमान्दारीता, पारदर्शिता र अटल प्रतिबद्धताका साथ पूरा गर्ने वाचा गर्दछु।

म तपाईहरुको सहयोगको लागि अनुरोध गर्दछु र मेरो पक्षमा भोट हाल्न अनुरोध गर्दछु, मलाई तपाईहरु सबैको सेवा गर्ने मौका दिनुहोस्। सँगै उभिदा हामीले यो संस्थालाई पहिला भन्दा फरक बनाउन सक्छौं र एनआरएनए र नेपालको लागि उज्ज्वल भविष्य सिर्जना गर्न सक्छौं।

तपाईंको अमुल्य समय र विचारको लागि धन्यवाद।

भवदीय,
नवीन बिक