मोरक्को भूकम्पः ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, १४ सय बढी गम्भिर

एजेन्सी। मोरक्कोमा गएको शक्तिसाली भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। गत शुक्रबार राति गएको भूकम्पमा परि हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताइएको छ।जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। भूकम्पले मोरक्कोमा ठूलो क्षति पु¥याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ।

मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।