एनआरएनए क्यानाडाको अध्यक्ष हुन अब बोर्ड सदस्य हुनुनपर्ने, प्रावधान नै खारेज

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन)क्यानाडाको अध्यक्ष हुन बोर्ड सदस्य हुनुपर्ने बाध्यकारी प्रावधान खारेज भएको छ। हालै सम्पन्न १६ औं अधिवेशनले सर्वसम्मत रूपमा संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गरेको हो।

उक्त प्रावधान खारेजसँगै अबदेखि संघका सम्पूर्ण सदस्य अध्यक्षका लागि उम्मेदवार हुन पाउने भएका छन्। तर, एक वर्ष कार्यकाल बोर्ड सदस्य भएका ब्यक्तिमात्र अध्यक्ष हुन पाउने भन्ने प्रावधान संस्थाका लागि राम्रो र हितकर रहेको भन्ने तर्क पनि केहीको सदस्यहरुको कायमै छ।

Zen Travels - Cheap tickets to Nepal

प्रावधान खारेजीका लागि पहल कदमी चालेका ज्योति बैद्यले अब सो प्रावधान खारेजीसँगै संस्थाको गरिमा बढ्ने र यसले क्यानडामा बस्ने नेपालीहरुलाई उत्साहित बनाएको छ ।