काठमाडौ। गैरआवासिय नेपाली संघ एनआरएनएको उपाध्यक्षमा गणेश केसिले उमेदवारी दिने भएका छन्। आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि उपमहासचिवसमेत रशेका केसीले आगामी कार्यकाल उपाध्यक्षमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका हुन्।
विगत लामो समयदेखी एनआरएनए अभियानमा सक्रिय केसी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छन्। एनआरएनए अभियान विस्तार भएका विश्वका विभिन्न देशहरुमा पुगेर गैरआवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले केही दिनमै आफ्ना एजेण्डासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
विगत २८ वर्षदेखी अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए । त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र
सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष, २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) हुँदै हाल एनआरएनए आईसीसीका उपमहासचिव तथा एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख रहेका छन् ।
केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एकपछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण गैर आवासियहरुमा लोकप्रिय छन् ।
अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफुलाई एनआरएनए भित्र स्थापित गरेका केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै अस्ट्रेलियाबासी नेपाली समुदायको लागि ठूलो योगदान दिएका थिए । उनले सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ संकलन, एनआरएनएको भवन निर्माणको लागि २ करोड रुपैयाँ संकलन, मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल रहे।
एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र हाल देखिदै आएको कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन् । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय छन् ।