एनआरएनए अध्यक्षका उमेदवार आरके शर्मा हङकङमा, पाए पुर्ण समर्थनको बचनबद्धता

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औ महाधिवेशनको मिति नजिकिदै जादा चुनावी गतिविधी पनि बढ्दै जान थालेका छन्। यससँगै आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी दिएका उपाध्यक्ष राजेन्द्रकुमार(आरके)शर्माले चुनावी गतिविधी तिव्र पारेका छन्।

जसअनुसार यतिबेला शर्मा जापान, कोरिया हुदै हङकङ पुगेका छन्। हङकङमा शर्मालाई एनआरएनए हङकङले भव्य रुपमा स्वागत गरेको छ।

एनआरएनए हङकङले स्वागत स्वरुप आयोजना गरेको मिट एण्डग्रिट कार्यक्रम सम्बोधन गर्दै शर्माले विवादित एनआरएनएको विवाद अन्त्य गर्न र सम्पुर्ण गैर आवासिय नेपालीहरुले अभिवावकत्व महसुस गर्ने सस्थाको रुपमा स्थापित गर्न तथा लामो समयदेखी उठाउदै आएको जागरिकताको मुद्दा टुंगोमा पुराउन आफुँले उमेदवारी दिएको बताएका छन्।

Zen Travels - Cheap tickets to Nepal

एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल अध्यक्षता सम्पन्न कार्यक्रममा हङकङमा रहेका गैरआवासिय नेपालीहरुले सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका छन्। सोहि क्रममा अध्यक्ष ढकालले जितको शुभकामना सहित आफु र आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोगका लागि तयार रहेको बताएका छन्।