गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने बाटो खुल्यो

काठमाडौँ।गैरआवासीय नेपाली (एनआरएन) हरुले पनि नेपाली नागरिकता पाऊने बाटो खुलेको छ। विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली बिधान समितीले पारित गरेर आजको मन्त्रीपरिषद बैठकमा पठाएको छ। अब मन्त्रीपरिषद्को आज बस्ने बैठकले पारित गर्ने र बिधेयक पारित भएपछि गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेको छ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली भने अझै बनेको थिएन। यसको औपचारिक घोषणा भने सरकारले गरेको छैन। विधेयक बनेसँगै गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुनेछ ।

Zen Travels - Cheap tickets to Nepal

यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइनेछैन। बिशेषगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा,युरोप लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता जरुरी रहेको छ। उनीहरुले नेपालमा सीप र लगानी भित्रयाउन कानुनी अडचन आएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गर्दै आएका थिए।

गैर आवासिय नेपाली संघले बर्षौदेखी एकपटकको नेपाली सँधैको नेपाली हो भन्दै गैरआवासीय नेपाली नागरिकताको माग गर्दै आएको थियो। आफूलाई राजनीतिक अधिकार नचाहिने,केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकता दिए पुग्ने उनीहरुको माग रहेको थियो। नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुनेछ।

यो नागरिकता लिन नेपाली नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने छ।गैरआवासीय नेपाली नागरिकता मन्त्रीपरिषदबाट पारित भएकोमा गैरआवासिय नेपाली संघ एनआरएनएले खुशी ब्यक्त गरेको छ। एनआरएनएका अध्यक्ष कुल आचार्यले आफ्नो र संघको बर्षौदेखीको माग एकपटकको नेपाली सँधैको नेपाली हुनुपर्ने रहेको जनाउदै सरकारले मन्त्रीपरिषदबाट गैरआवासीय नेपाली नागरिकता बिधेयक स्विकृत गरेकोमा प्रधानमन्त्रीलगाएत नेपाल सरकार र सरोकारवाला सबै निकायलाई धन्यवाद ब्यक्त गरे।