अनेसास नवरत्न पुरस्कारबाट नौ जना सम्मानित हुँदै,यी सम्मानित हुनेहरु..

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले नौ जना महिलालाई नवरत्न पुरस्कार प्रदान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई अनेसासले सम्मान गर्ने भएको हो।

सम्मानित हुनेहरुलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागिएको आयोजकले जानकारी दिएको छ। नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपानेसहितका पदाधिकारी सम्मीलित समितिको बैठकले उक्त निर्णय गरेको हो।

समितिको निर्णयअनुसार सम्मानित हुनेहरुमा अनु शाह, आचार्य प्रभा,ज्योति राई,मञ्जु कार्की,माया गुरुङ,रितादेवी प्रधान,शान्ता घिमिरे, डा सङ्गीता स्वेच्छा र सुनिता डङ्गोल रहेका छन्। उनिहरुलाई एक कार्यक्रमका बिच पुरस्कृत गरिने भएको छ। उल्लेखित व्यक्तित्वहरुको नेपाली साहित्य, कला, संस्कृतिसँगै समाज सेवाका क्षेत्रमा ठुलो योगदान छ।