यसकारण कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भयो

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो।

उहाँका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ।

Zen Travels - Cheap tickets to Nepal

उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यसलगत्तै यता कांग्रेसले सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसाग माग गरेको छ।

घटनालगत्तै विज्ञप्ति जारी गर्दै आक्रमण गर्ने बयक्ति वा त्यसको पछिल्तिर जो कोही ब्यक्ति वा समूहउपर अनुसन्धान गरेर कारवाही गर्न माग गरेको हो। उक्त घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै घटनाको घोर निन्दा र भत्र्सना पनि कांग्रेसले गरेको छ।

यता प्रहरीले आक्रमण गर्ने सापकोटामाथी अनुसन्धान सुरु गरेको छ।