डेंगुले काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको हो।

डेंगु संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उपचारकै क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले जानकारी दिएका छन्। रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस काठमाडौं–७ का क्षेत्रीय सभापति हुन्।

Zen Travels - Cheap tickets to Nepal