एसिया कप क्रिकेट: नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत खेलमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ। २३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए। डक वर्थ लेविस नियमअनुसार ओभर घटाएर २३ मा झारियो।

Zen Travels - Cheap tickets to Nepal

भारतले पाएको नयाँ चुनौतीअनुसार १४५ रन बनाउनु पर्ने थियो। यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारत भने यो जितसँगै ’सुपर फोर’ मा पुगेको छ।

समूह ’ए’ बाट पाकिस्तान यसअघि नै ’सुपर फोर’ मा पुगिसकेको छ। समूह ’बी’ बाट ’सुपर फोर’ मा पुग्ने टोलीको टुङ्गो मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ। सुपर फोरका खेल बुधवारदेखि हुनेछ। फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ।