धरापमा करेन्ट लागेर धनगढीमा महिलाको मृत्यु

काठमाडौं। धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै गएराति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन्। मृतक कुँवरको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Zen Travels - Cheap tickets to Nepal

जङ्गली जनावरबाट धानबाली जोगाउन खेतमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।