एनआरएनए एकताको सम्भावना सकियोः अध्यक्ष सुर्य लम्साल

काठमाडौं। गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले एनआरएनए एकताको सम्भावना सकिएको बताएका छन्। टिभी सण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष लम्सालले यस्तो बताएका हुन्।

भरखरै सम्पन्न विनोद कुँवर नेतृत्वको एनआरएनए अमेरिकाको निर्वाचनबाट दोश्रो कार्यकालका लागी निर्वाचित अध्यक्ष लम्सालले अदालतमा विचारधिन मुद्दाको पनि फैसला नआएको र विभाजित एनआरएनए एकताका लागी एन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरिएको ४ बुँदे सहमती पालना नगरि एकलौटि तरिकाले पेलिएर अर्को समुह महाधिवेशन लागेकोले अब एकताको ढोका बन्द भएको बताएका हुन्।

Zen Travels - Cheap tickets to Nepal

अघिल्लो महाधिवेशनमा विवाद उत्पन्न भएपछी सरकारले आफ्नो समुहका शेष घलेलाई निर्वाचन गर्न अनुमती दिएको पत्र आँफुहरुसँग सुरक्षित रहेकोले आधिकारिक एनआरएनए आफ्नै समुह रहेको उनको दाबि छ। पटकपटक एकताको लागि प्रयास गरेपनि अर्को समुहले अनवास्ता गर्दै नेतृत्व हत्याउने चेस्टास्वरुप एकलौटि ढंगले सहमतिविपरित हिडिरहेको आरोप लगाए।

गैर आवासिय नेपालीका समस्या समाधानतर्फ केन्द्रीत रहनुपर्नेमा आफ्नो निजि तथा सिमित व्यक्तिहरुको स्वार्थमा अर्को समुह लाग्दा गैरआवासिय नेपालीहरु अन्यौलमा परेको र ति नेपालीहरुलाई वास्तविकता बुझाउन नसकिएको बताए। यद्दपि अर्को समुहले आफुहरुलाई पेलेर नभै सहमतिका आधारमा एकताको प्रस्ताव लिएर आए सदैब ढोका खुला रहेको बताए।

यस्तै फरक प्रसंगमा उनले अर्को समुहले केहि समय अगाडी चयन गरेको एनसिसि अमेरिकाको नेतृत्वमा भरखरै डेलिगेट सदस्यहरको विवाद समेत समाधान गर्न नसकेर २ वटा सुचि बालुवाटार पुगेको भन्दै त्यो समुह एकआपसमा आ आफै विवादित भएर सकिने र आफ्नै समुहलाई अदालतले समेत न्यायिक रुपमा औपचारिकता पाउने दाबि गरे।

अध्यक्ष लम्सालले पत्रकार पौडेलसँग गरेको कुराकानिको पुरा अंश टिभिसण्डेको फेसबुक पेज, युटुव,अनलाईन लगाएतका सम्पुर्ण माध्यमहरुमा पढ्न सुन्न र हेर्न सकिने गरि उपलब्ध छ।