काठमाडौंमा एआपसमा सवारी दुर्घटना : एक दर्जन यात्रु घाइते

काठमाडौं।काठमाडौं पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा कम्तिमा १२ जना घाइते भएका छन्।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप,मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ।

Zen Travels - Cheap tickets to Nepal

दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।