एनआरएनए उपाध्यक्षमा पुनः अधिकारीकै दावेदारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा धर्मराज अधिकारीले पुन उम्मेदवारी दिने बताएका छन्। आगामी अक्टोबरमा हुने संघको ११ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि अष्ट्रेलियाबाट अधिकारीले उमेदवारी घोषणा गरेका हुन्।

अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा शुरुवातदेखि नै सक्रिय व्यक्ति हुन्। नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएका विभिन्न तह र जिम्मेवारीमा रहेर भुमिका निर्वाह गरिसकेका छन्।

Zen Travels - Cheap tickets to Nepal

अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका छन्।

अधिकारीले यसपटक पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने बताएका छन्।एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्।